COVID-19

लक्षण:

लक्षण व्यक्ति-व्यक्तिमा फरक हुन्छ किनकि यसले फरक व्यक्तिलाई फरक-फरक तरीकाले असर पार्छ यद्यपि तीमध्ये केहि समान हुन सक्छन।वृद्ध मानिस र हृदय रोग,फोक्सो रोग वा मधुमेह जस्तो पुरानो रोग भएका मानिसमा गम्भीर लक्षणहरु विकास भएको देखा पर्दछ।लक्षण भाइरसको संक्रमण भएको २-१४ दिनको बिचमा जहिले पनि देखा पर्न सक्छ।यदि तपाईंलाई यी लक्षणहरू मध्ये कुनै छ भने आफ्नो निकटतम स्वास्थ्य सुविधाबाट तत्काल मद्दत लिनुहोस्।

  • सामान्य लक्षणहरू
  • ज्वरो

    थकान

    सुख्खा खोकी

  • कम सामान्य लक्षणहरू
  • दुखाइ र पीडा

    पखाला

    टाउको दुखाई

    घाँटी दुखाई

    मतली/वाकवाकी र बान्ता

    स्वाद वा गन्ध को कमी

    थकान

    छालामा दाग,औंलाहरूको विकृति

  • गम्भीर लक्षणहरू (दुर्लभ)
  • सास फेर्न गाह्रो

    छाती दुखाई

    जाग्न वा जागा रहन असमर्थता

    बोलीको हानी

    निलो ओठ वा अनुहार

    सम्पर्क:
    हटलाइन नम्बर(MOHP-नेपाल) : 1115/1133


    कोरोना भाइरस को हो र यो कसरी सर्छ/फैलिन्छ?

    डब्ल्यूएचओले नयाँ कोरोनाभाइरसबाट हुने संक्रमणलाई (जसलाई SARS-CoV-2 भनिन्छ) "COVID-19" को नाम दिएको छ जसलाई डब्ल्यूएचओले विश्वव्यापी महामारीको रूपमा घोषणा गरीसकेको छ। धेरै जसो संक्रमण भएका मानिसहरूमा हल्का देखि मध्यम लक्षणहरू विकास गर्दछ र मेडिकलको आवश्यकता बिना नै निको हुने गर्दछन।

    कोरोना भाइरस एक श्वासप्रश्वास रोग भएकाले यो एक संक्रमित व्यक्तिले अर्को व्यक्तिको नजिकमा गएर(सामान्यतया १ मिटर भन्दा कम) खोक्दा वा हाच्छिउं गर्दा निस्कने थोपाबाट (मुख्यतया मुखबाट निकालेको लाहु वा नाकबाट डिस्चार्जको माध्यमबाट) सर्ने गर्दछ।त्येसैल हाम्रो लागि श्वासप्रश्वासको शिष्टाचार अभ्यास गर्नु महत्त्वपूर्ण छ(उदाहरण को लागी, एक फ्लेक्स् कुहिनो मा खोक्ने)।यसले मानव र जनावरहरूलाई पनि संक्रमित गर्न सक्छ।यसले जीवहरूको प्रतिरोध शक्तिलाई प्रतिबिम्बित गर्दै सामान्य लक्षण देखि गम्भिर प्रकारको गम्भिर तीव्र श्वसन सिन्ड्रोम (SARS) निम्त्याउन सक्छ।